‘नेपाली कामदारको समस्या समाधानको लागि साउदी तयार छ’

 असार ३०, २०७६ सोमबार १९:३१:१८ | उज्यालो सहकर्मी

काठमाण्डौ – साउदी अरबको श्रम तथा सामाजिक विकास मन्त्रालयका जनरल म्यानेजर अब्दुलरहमान फहाद अल्मूक्युवेलले नेपाली कामदारको समस्या समाधान गर्न साउदी सधै आफ्नो देश सधैं तयार रहेको बताउनुभएको छ । 

साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंहसँगको भेटमा उहाँले गएका वर्षहरुमा भन्दा यो वर्ष नेपाली कामदारको समस्या धेरै समाधान गरिएको भन्दै अझै प्रयास गर्ने बताउनुभएको हो । 

भेटमा राजदूत सिंहले साउदीमा नेपाली कामदारले भोेगेका समस्या समाधानका लागि पहल गर्न र नेपाली कामदारका लागि नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सुविधाका कार्यान्वयनका लागि सहयोग गर्न अनुरोध गर्नुभएको थियो ।

यस्तै राजदूत सिंहले साउदी अरबको पूर्वी प्रान्तका गभर्नर मोहम्मद वीन नयाफ वीन अब्दुल्लाजिज अल साउदसँग शिष्टाचार भेट गर्दै नेपाली कामदारका समस्या र नेपालमा लगानीका विषयमा छलफल गर्नुभएको छ । 

गभर्नर मोहम्मद वीन नयाफले साउदीमा कार्यरत नेपालीले त्यहाँको विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै नेपालको विकासमा सहयोग पुर्‍याउन साउदी सरकार सधैं तयार रहेको बताउनुभएकाे साउदी स्थित नेपाली दूतावासले जनाएको छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया