अब नेपाल टेलिकमको पोस्टपेड सिम ९४५ रुपैयाँमै

 साउन १, २०७६ बुधबार १६:२५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल टेलिकमले टेलिफोन तथा पोस्टपेड मोबाइल सेवन पहिलेको भन्दा सस्तोमा उपलब्ध गराउने भएको छ ।

आर्थिक विधेयक २०७६ को दफा १४(१) व्यवस्था भएबमोजिम  टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्कबापत ५ सय रुपैयाँ मात्र लिने व्यवस्था भएपछि नेपाल टेलिकमले टेलिफोन र पोस्टपेड मोबाइलको भाउ घटाएको हो । 

जसअनुसार अब १ हजार ६ सय ३५ रुपैयाँमा स्थानीय टेलिफोन र ९ सय ४५ रुपैयाँमा पोस्टपेड मोबाइल लिन सकिने छ । यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २ सय र पोस्टपेड मोबाइलका लागि १ हजार ५ सय १० रुपैयाँ बुझाउनु पर्दथ्यो । 

साथै त्यो विधेयकको कार्यान्वयनसँगै स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५ सय ६५ रुपैयाँ कम भएको छ । यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क बुझाउनु पर्दथ्यो भने आजैदेखि जम्मा ६ सय ७८ रुपैयाँ मात्र भुक्तानी गर्नु पर्दछ ।                                       

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया