युरोप पठाइदिन्छु भन्दै ५१ लाख बढी ठगी गर्ने एकजना पक्राउ

 साउन १, २०७६ बुधबार १९:८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युराेप पठाइदिने भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका वडा नम्बर ४ देवौली घर भइ हाल काठमाण्डाैकाे धापासी बस्ने ३१ वर्षीय नवीनकुमार चौधरी रहेका छन् ।

उनले वैदेशिक रोजगारीकाे लागि युरोपमा वर्किङ भिषामा आकर्षक तलब हुन्छ भन्ने जस्ता विभिन्न प्रलोभन देखाइ ठग्ने गरेकाे पाइएकाे छ । 

उनीमाथि पटक-पटक गरी ५१ लाख ५० हजार रुपैयाँ ठगी गरेकाे आराेप छ । काठमाण्डौ हुँदै भारतसम्म पुर्‍याएर अलपत्र पारी रकम ठगी गरी सम्पर्कविहीन भएकाे भन्दै उनीविरुद्ध वसन्त के.सी समेतका व्यक्तिहरुले महानगरीय अपराध महाशाखामा गएकाे जेठ २८ गते संयुक्त जाहेरी दिएका थिए ।

महाशाखाबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले उनलाई असार ३१ गते  टाेखा नगरपालिका वडा नं. ६ काे ग्राण्डी अस्पतालबाट पक्राउ गरेकाे थियाे ।

अहिले उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाइएको छ । मुलुकी ऐनमा ठगीकाे महलअनुसार झुक्याइ, विश्वासमा पारी ठगी गरेमा कसुरकाे मात्रा हेरी बिगाे भराइ बिगाे बमाेजिमकाे जरिवाना र पाँच वर्षसम्म कैद हुने प्रावधान छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया