सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
दाङ – अविरल वर्षाका कारण दाङका देउखुरीका केही भूभाग डुबानामा परेका छन् ।
राप्ती गाउँपालिकाको लठ्वा, पहरुवा, सिगैलगायतका गाउँ डुबानमा परेका छन् । स्थानीय दोलही खोलामा आएको बाढीका कारण यी गाउँ डुबानमा परेका हुन् ।
दोलही खोलामा आएको बाढीका कारण पश्चिम राप्ती र बबई नदीमा जल सतह बढ्दो क्रममा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत खिलानाथ दाहालले जानकारी दिनुभयो ।
जलसतह बढ्ने क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले होचा भूभाग डुबानको खतरामा छ ।’