साम्राज्ञी र मयंकको ब्रेकअप !

 असार २५, २०७५ सोमबार १२:४८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अभिनेत्रीहरुको सम्बन्ध जोडिनु र  छुट्टिनु भनेको सामान्य कुरा हो । उनीहरुको विवाह सम्बन्ध त कहिले जोडिन्छ र कहिले टुंगिन्छ भन्ने पत्तो हुँदैन भने प्रेमको त के कुरा । अभिनेत्रीहरुको प्रेम कोसँग कहिले सुरु हुन्छ र अन्त्य हुन्छ भन्ने कुरा सायद उनीहरुलाई पनि थाहा हुँदैन ।

यस्तै, अहिले मात्र अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहको ब्रेक अप भएको छ । साम्राज्ञी केही वर्ष यता व्यवसायी मयंक खड्काको प्रेममा थिइन् । उनीहरुले प्राय समय एकसाथ बिताउँथे । केही महिना अघिसम्म त मयंकले आफ्नो दिनचर्या सामाजिक सञ्जालमा सेयर गरिरहन्थे जसमा साम्राज्ञी पनि हुने गर्थिन् । यी दुईले  प्रेमलाई सार्वजनिक रुपमा अस्विकार गरेपनि गहिरो प्रेममा रहेको भने मयंकका पोस्टहरुले स्पष्ट पार्थे । 

तर केही महिना अघिदेखि साम्राज्ञी र मयंकको सम्बन्धमा खटपट भएको हल्ला चलेको थियो । तर त्यही हल्लाबीच सिनेमा ‘तिमी सँग’को प्रिमियरमा साम्राज्ञीसँगै मयंक पुगेपछि उनीहरुको सम्बन्ध सुध्रिएको अनुमान गरिएको थियो । अहिले भने उनीहरु साँच्चिकै एक अर्काबाट अलग भएका छन् ।

सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’को छायांकनका लागि साम्राज्ञी दोस्रो पटक लण्डन उडेपछि साम्राज्ञी र मयंकबीच खटपट आएको चर्चा चलेको छ । तर, यसको सुरुवात भने त्यस अगाडि नै भएको बुझिएको छ ।

खासमा केही समय अघि डेजाभु क्लबमा तोडफोड भएपछि प्रहरीले यसका संचालकहरुलाई समातेको थियो । त्यसबेला मयंक पनि एक रात जेल बसेका थिए । त्यसैबेलादेखि साम्राज्ञी मयंकसँग टाढा भएको बुझिएको छ ।

अर्कातिर मयंकले साम्राज्ञीमाथि शंका गर्न थालेपछि सम्बन्ध बिग्रिएको हल्ला पनिचलेको छ । मयंकले सामाजिक सञ्जालमा पनि मैले शंका गरेँ रे कति हाँस्नु भनेर स्ट्याटस लेखेका छन् । यसको अर्थ मयंकले आफूमाथि शंका गरेको भन्दै साम्राज्ञीले ब्रेकअप गरेको बुझिन्छ । साम्राज्ञीले भने अहिले यस विषयमा केही बोल्न चाहेकी छैनन् । 

-उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया