इलाम र बझाङका मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
बैशाख १५, २०८१ शनिबार
जुम्ला – साना जलविद्युत उपभोक्ता समितिको निर्माणाधीन आयोजना सम्पन्न हुन ढिलाइ भएपछि झण्डै तीन हप्तादेखि पूर्ण अध्यारो जुम्ला सदरमुकाम उज्यालो गर्न सांसद विकास कोषको लगानीमा डिजेल प्लान्टबाट बत्ति बालिने भएको छ ।
भारतीय राजदूतावासको सहयोगमा निर्माणाधीन मेशिन जडान नहुँदै बिग्रिएपछि मेशिन बन्ने समयसम्म डिजेलबाट जुम्ला सदरमुकाम उज्यालो गरिने भएको साना जलविद्युत उपभोक्ता समितिका अध्यक्ष बिष्णुबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।
सदरमुकाम उज्यालोका लागि जुम्लामा प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतको सांसद विकास कोषबाट २४ लाख ६० हजार रुपैयाँको लगानीमा डिजेल प्लान्ट मेशिन खरिद गरिएको अध्यक्ष बुढ्थापाले जानकारी दिनुभयो ।
निर्माणाधीन मेशिन साना जलविद्युत उपभोक्ता समितिको पावर हाउसमा पुगिसकेको र ढुवानीको भने बिल पुग्न वाँकी रहेको उहाँको भनाइ छ ।
मेशिन पुगेपछि ट्रकबाट उतार्न कठिन भएकाले डोजरको प्रयोग गरिने भएको समितिले जनाएको छ । नेपालगञ्जबाट ४ दिन लगाएर ज्याक्सन कम्पनीको दुई सय केभी ( १६० किलोवाट) को मेशिन जुम्ला पुर्याइएको हो ।
सांसद महतले जुम्ला सदरमुकाम बत्ति विहीन भएपछि सरकारी कामकाज देखि जनतालाई चाडपर्वको बेला अँध्यारो भएको भन्दै ५० लाख अल्पकालीन बत्ति बाल्नका लागि विनियोजन गरिएको बताउनुभयो ।
भारतीय दूतावासले सहयोग गरेको मेशिनको बिग्रेको भाग भने बनाउनका लागि निर्माणको ठेक्का लिएका पुस्करलाल दुवैले जुम्लाबाट भारततिर पठाएको बताउनुभएको छ । नयाँ आएको डिजेल प्लान्टबाट उत्पादन हुने बत्ति भने सहुलियत दरमा दिइने बताइएको छ ।
मेशिनको लागत, ढुवानी, तेल खर्चको विषयमा जडान भएर सञ्चालन भएपछि सार्वजनिक सुनुवाई गरिने नेकपा कर्णाली प्रदेश सदस्य पूर्णप्रसाद धितालले बताउनुभयो ।
१८ दिनदेखि बत्तिविहीन भएपछि जुम्लाकाे सरकारी कामकाज प्रभावित हुनुका साथै २२ हजार उपभोक्ता अँध्यारोमा छन् ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।