काठमाण्डौ उपत्यकाका नदीमा पानीको बहाव बढ्दै, सावधानी अपनाउन आग्रह

 साउन २६, २०७६ आइतबार ७:१४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आइतबार बिहानैदेखि काठमाण्डौ उपत्यकाका बाग्मती, विष्णुमती, नख्खु, हनुमन्ते, मनोहरालगायतका खोलामा पानीको बहाव बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

मनोहरा, हनुमन्तेलगायतका खोलामा पानीको बहाव सतर्कता विन्दुको नजिकै पुगेको र बहाव बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो । यस्तै जाजरकोट, सल्यान, रुकुमलगायत ठाउँमा पनि पानी परिरहेकाले यी क्षेत्रका नदीमा बिहान १० बजेसम्म नै आकस्मिक बाढी आउने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

सिन्धुली, धनुषा,काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र गोर्खामा पनि ठूलो पानी परिरहेको र पानी पर्ने क्रम बढ्न सक्ने भन्दै महाशाखाले सावधानी अपनाउन र नदी किनारामा नजान सूचना निकालर आग्रह गरेको हो ।

यसैबीच आज देशका धेरैजसो ठाउँमा सामान्य बदली हुने र केही ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । आज पहाडका एक–दुई ठाउँमा भने ठूलो तथा पूर्व, मध्य र पश्चिमी भेगमा मेघ गर्जन र चट्याङसहित सामान्य पानी पर्ने सम्भावना छ ।

आज, भोलि र पर्सि पानी पर्ने भएकाले बाढीपहिरो र चट्याङबाट जोगिन महाशाखाले अनुरोध गरेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया