वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

 साउन ३२, २०७६ शनिबार १२:७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वरिष्ठ कलाकार सुभद्रा अधिकारीको शनिबार निधन भएको छ । शनिबार बिहान डल्लुमा रहेको  आफ्नै घरमा उहाँको निधन भएको हो । उहाँ केही समयदेखि दम रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

२००३ सालमा काठमाण्डौको असनमा जन्मनुभएकी अधिकारीले थुप्रै नेपाली चलचित्रमा अभिनय गर्नुभएको थियो । ६ वर्षको उमेरमा उहाँले नेवारी नाटक ‘कचिमचा’ अर्थात्  ‘काँचो माटो’ बाट अभिनय यात्राको सुरुवात गर्नुभएको थियो ।

उहाँले अभिनय गरेका चर्चित चलचित्रहरुमा कन्यादान, चिनो, भाउजूलगायत छन् । खासगरी उहाँले ‘कन्यादान’ निभाएको भूमिकाका लागि धेरैले सम्झन्छन् ।

उहाँलाई शनिबार दिउँसो १ बजेपछि पशुपति आर्यघाटमा श्रद्धाञ्जली दिने र आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया