श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएकाे आराेपमा श्रीमती पक्राउ

 भदौ २, २०७६ सोमबार १८:४०:५ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएकाे आराेपमा महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

हत्यारासँग पैसा लिएर आफ्नै श्रीमानका हत्याको घटना लुकाएको आरोपमा भोजपुर नगरपालिका वडा नम्बर ४ सिद्धेश्वरकी मिना मिजार पक्राउ परेकी हुन् । 

गएको २०७४ माघ २७ गते पूर्णबहादुर सुयललाई छिमेकी मोहनबहादुर रम्तेलले घर नजिकै रहेको चम्पिरा खोलाको भिरबाट धेकेलेर हत्या गरेकोे जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताउनु भयो । घटनापछि हरिबहादुर लम्सालले घटना गुपचुप राख्न अभियुक्तसँग ३ लाख रुपैयाँ मागेको बयानमा उल्लेख छ । 

हत्या गरेको केही महिनापछि मृतककी श्रीमती मिनाले मुख्य अभियुक्त रम्तेलसँग पैसा मागेको प्रहरी निरीक्षक राजवंशीले बताउनु भयो । घटनामा अन्य आरोपीहरु मनकुमार मिजार, सन्तोष मिजार र बिष्णु बयलकोटीले श्रीमती मिनालाई हत्याराबाट पैसा दिलाउन सहयोग गरेको खुल्न आएको प्रहरी कार्यालयले जनाएको छ । 

मुख्य अभियुक्त रम्तेलसँग मृतकका पत्नीले २ लाख रुपैयाँ नगद लिएको प्रहरीले जानकारी दिएको छ । आफ्नै पतिको हत्याराबाट लिएको रकम भोजपुर सदरमुकामको एक सहकारी संस्थामा मिनाले जम्मा गरेको खुलेको छ । सहकारीमा १ लाख ७० हजार र बाँकी ३० हजार सासूलाई भैँसी किन्न दिएको मिनाले बयान दिएकी छिन् । 

जिल्ला प्रहरीमा आएको बेनामे पत्रबाट अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो । बेनामे पत्रमा भिरबाट लडेर ज्यान गुमाएका भनिएका पूर्णबहादुर सुयललाई छिमेकी मोहनबहादुर रम्तेलले भिरबाट धकेलेर हत्या गरेको उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया