नेकपा वाणगंगाका अध्यक्षमाथि ४५ लाख ३० हजार ठगीको आरोप

 भदौ ३, २०७६ मंगलबार १९:५४:२३ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – जागिर लगाइदिने प्रलोभनमा आफूहरुलाई नेकपा वाणगंगा नगरपालिकाका अध्यक्ष विश्व कार्कीले ठगेको पीडितहरुले आरोप लगाएका छन् ।

नेपाल प्रहरी, शिक्षा सेवा आयोग र स्वास्थ्य सेवामा जागिर लगाइदिने प्रलोभन दिएर आफूहरुसँग झण्डै ४५ लाख ३० हजार रुपैयाँ ठगी गरेको पीडितहरुले बताए । 

१२ जना पीडितहरुले लिखित रुपमै नेकपाका जिल्ला अध्यक्ष झवी पोखरेलसँग कार्कीले ठगेको भन्दै त्यो पैसा उठाइदिन अनुरोधसहितको निवेदन पेश गरेका छन् । युवाहरुसँग ग्यारेन्टीका साथ जागिर लगाइदिने तर यसका लागि केन्द्रका नेता, सरकारी उच्च पदस्थ कर्मचारीलाई मिलाउनु पर्ने भन्दै रकम असुल गरेको पीडितहरुले बुझाएको लिखित निवेदनमा उल्लेख गरिएको छ ।

आफूहरुले दिएको परीक्षामा असफल भए पनि आफूले बझाएको पैसा फिर्ता माग्दा नेता कार्की आफूहरुसँग लुक्दै हिँडेको, फोन सम्पर्कमा नआएको पीडित ताराबहादुर थापाले बताउनुभयो ।

पार्टीमा निवेदन दिएका १२ जनालाई बोलाएर सोधपुछ गर्ने काम भइरहेको र निवेदन अनुसारको व्यहोरा पुष्टि भए त्यहीअनुसार पार्टीले थप कदम चाल्ने नेकपाका जिल्ला अध्यक्ष झवी पोखरेलले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Manish Koirala

    Aug. 20, 2019, 9:02 p.m.

    विष्णु पौडेलजी , यस्तो काम नि गर्नुहुन्छ भनेर सोचेकै थिएन , हजुर कपिलवस्तु कै हो नि /मेरो घर पनि कपिलवस्तु नै हो , अब हजुरलाई जेल /

  •  0 Reply

तपाईको प्रतिक्रिया