मीका सिंहसँग काम गरे सलमान खानमाथि पनि प्रतिबन्ध लगाइने चेतावनी

 भदौ ४, २०७६ बुधबार १२:३८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानमा एक निजी समारोहमा गीत गाउन गएको भन्दै भारतीय गायक मीका सिंहलाई बलिउडमा प्रतिबन्ध लगाएको थियो । 

अल इण्डिया सिने वर्कर एसोसिएसन र फेडरेसन अफ वेस्टर्न इण्डिया सिने इम्प्लोइज मिलेर मीका सिंहविरुद्ध यस्तो निर्णय लिइएको थियो । मीका सिंहले पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफका आफन्तको विवाहको पार्टीमा गीत गाएर भारतीय जनताको भावनामाथि ठेस पुर्‍याएको आरोप लगाइएको छ । 

भारतको संगीत तथा सिने जगतमा प्रतिबन्ध भएपछि मिका सिंहले सार्वजनिक रुपमै माफी पनि मागे तर उनीमाथिको प्रतिबन्ध भने फिर्ता गरिएको छैन । त्यस्तै मीकासँग अन्य कुनै कलाकारले काम गरेको खण्डमा उनीहरुमाथि पनि प्रतिबन्ध लगाइने बताइएको छ । 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार सोहेल खानको इभेन्ट कम्पनी र जोर्डी पटेल नामका व्यक्तिको कम्पनी मिलेर ‘अप, क्लोज एण्ड पर्सनल विद् सलमान खान’ नामको टुर आयोजना हुन लागेको छ । सलमान खानले त्यस टुर अन्तर्गत अमेरिकाका विभिन्न शहरमा प्रस्तुति दिनेछन् । साथै सलमानले आउँदो हप्ता मीका सिंहसँगै प्रस्तुति दिनेछन् ।

मीका सिंह त्यही टुर अन्तर्गत आउँदो अगष्ट २८ मा हस्टनको कार्यक्रममा सहभागी हुन लागेका हुन् । तर त्यो टुरका आयोजकले भने खबरको खण्डन गर्दै मीका सिंहलाई अमेरिकाको स्थानीय प्रचारकले आमन्त्रित गरेको बताएका छन् । तसर्थ सलमान खान र मीका सिंहले एकैसाथ स्टेज शेयर नगर्ने बताइएको छ । 

तर इण्डिया सिने वर्कर एसोसिएसनले मीका सिंहका साथ बलिउडमा यदी कसैले काम गरेको पाइएमा त्यसमाथि पनि प्रतिबन्ध लगाइने बताएको छ । यदी सलमान खानले पनि मीकाका साथ काम गरेमा उनीमाथि पनि प्रतिबन्ध लगाइने एसोसियसनले बताएको छ ।

मीका सिंहका साथ काम गर्ने वा नगर्ने भन्ने विषयमा सलमान खानको तर्फबाट भने कुनै पनि प्रतिक्रिया आएको छैन ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया