आगलागी र डढेलोका कारण २ हप्तामा १० जनाको ज्यान गयो, २२ करोड...
बैशाख १४, २०८१ शुक्रबार
रसुवा – रसुवाको राम्चे–ग्राङ सडक खण्डमा पहिरो गएपछि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ ।
बुधबार राति १० बजे गएको पहिरोले सडकको आधा भाग भत्किएको छ । साना गाडी आवत–जावत गर्न सक्ने भए पनि ठूला गाडी आवत–जावत गर्न नसक्ने प्रहरीले जनाएको छ ।
ठूला गाडी सञ्चालनमा ल्याउनका लागि भित्तो काटेर डाइभर्सन निर्माण गर्नुपर्ने प्रहरीले जनाएको छ ।