फेवाताल मिच्नेलाई मन्त्री योगेश भट्टराईको प्रश्न : पानीमुनि पनि लालपुर्जा हुन्छ र ?

 भदौ ११, २०७६ बुधबार १६:२३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले फेवातालको अतिक्रमण भएको जग्गा फिर्ता गरेरै छाड्ने बताउनु भएको छ । 

पोखरामा भएको कार्यक्रममा मन्त्री भट्टराईले फेवाताल अतिक्रमण गर्नेहरुलाई लालपुर्जा फिर्ता गर्न पनि आग्रह गर्नुभएको छ । पोखरामा भएको अन्तरक्रियामा मन्त्री भट्टराईले भन्नुभयो, ‘पानीमुनि पनि लाजपुर्जा हुन्छ ? हुँदैन । कथमकदाचित लाजपुर्जा बनाइएको छ भने त्यो सरकारलाई बुझाउनु होला ।’

पोखरा विमानस्थलको अवलोकन: ४५ प्रतिशत काम सकियो

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पनि अवलोकन गर्नु भएको छ ।

पर्यटनमन्त्री भट्टराईले विमानस्थल निर्माणका विषयमा स्थानीय सरोकारवाला, राजनीतिक दलका नेता तथा प्रदेश सरकारसँग छलफल पनि गर्नु भएको छ । 
छलफलमा आयोजना प्रमुखले ६ महिनाअघि नै काम सकिने जानकारी मन्त्री भट्टराईलाई दिनु भएको छ ।

आयोजनाका प्रमुख विनेश मुनकर्मीले मन्त्री भट्टराईलाई ४५ प्रतिशत काम सकिएको जानकारी गराउनु भएको छ । निरीक्षणका क्रममा मन्त्री भट्टराईले जुनसुकै हालतमा पनि तोकिएको समयमा काम सक्न निर्देशन दिनुभयो ।  

विसं २०७१ सालदेखि सुरुवाती निर्माण सुरु भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१  को जुलाइसम्ममा सक्ने लक्ष्य छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया