महाकाली भन्सार कार्यालय झुलाघाटबाट आयात ५५ करोड, निर्यात शून्य

 भदौ १३, २०७६ शुक्रबार १०:३८:२८ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – गएको आर्थिक वर्षमा महाकाली भन्सार कार्यालय झुलाघाटबाट ५५ करोडको सामग्री आयत भएको भए पनि निर्यात भने शून्य रहेको छ ।

भन्सार कार्यालयबाट भारततर्फ केही पनि निकासी नभएको महाकाली भन्सार कार्यालयका प्रमुख रामराजप्रसाद चौरसियाले जानकारी दिनुभयो ।

उत्पादनको कमी हुनु, व्यावसायिक उत्पादन नहुनु र मोटरेबल पुल नभएका कारणले निर्यात हुन नसकेको उहाँले बताउनुभयो । कृषिजन्य उत्पादनमा कमी आउनु, कृषि क्षेत्रलाई राज्यले उपेक्षा गरेका कारण निर्यात हुने खालका सामग्री नै उत्पादन हुन नसकेको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले जानकारी दिनुभयो ।

रिठ्ठा, भटमास र घ्यू  निर्यात हुने भए पनि पछिल्लो समयमा यो पनि रोकिएको उहाँले बताउनुभयो । व्यापारीहरुले पनि झोलुङ्गे पुलमार्फत सामग्री ओहोरदोहर गर्नुपर्ने भएकाले झन्झट मान्ने भएकाले पनि झुलाघाट नाकाबाट निर्यात शून्य भएको उहाँको भनाइ छ ।

भारतबाट कपडा र चप्पल आयात हुने गरेको भए पनि नेपालबाट भने निर्यात केही हुन नसकेको भन्सार अधिकृत चौरसियाको भनाइ छ । यसले गर्दा बर्सेनि व्यापार घाटा बढ्दै गएको उहाँको भनाइ छ । महाकालीमा मोटरेबल पुल निर्माण गर्न सके निर्यात पनि बढ्न सक्ने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया