विद्युतीय कार्डबाट पैसा तिर्दा  थप शुल्क लिन नपाइने, शुल्क लिएमा खबर गर्न राष्ट्रबैंकको आग्रह

 भदौ १९, २०७६ बिहिबार १९:४८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विद्युतीय कार्डबाट भुक्तानी गर्दा अबदेखि कुनै पनि अतिरिक्त शुल्क  लिन नपाइने भएको छ ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले प्वाइन्ट अफ सेल मेसिनमार्फत कारोबार गर्दा डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसललगायतका मर्चेन्टहरुबाट भुक्तानी गर्दा पैसा  नलिन सूचना जारी गरेको हो ।

कुनै मर्चेन्टले कारोबार रकमबाहेक अतिरिक्त शुल्क लिएमा कारोबारको बिल र भुक्तानी रसिदसहित कार्ड जारी गर्ने संस्थामा सम्पर्क राख्न पनि राष्ट्रबैंकले अनुरोध गरेको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया