शहीद स्मारक 'ए' डिभिजन लिग मंसिर २८ गतेदेखि, यस पटक रेलिगेसन पनि

 भदौ २०, २०७६ शुक्रबार १८:२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अखिल नेपाल फुटबल संघले आउँदाे मंसिर २८ गतेदेखि शहीद स्मारक ए डिभिजन लिग सञ्चालन गर्ने भएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै एन्फाले नयाँ सिजनको मिति घोषणा गरेको हो ।

एन्फाले अर्को संस्करणको लिगको मिति पनि घोषणा गरेको छ । अर्को संस्करणदेखि लिग नोभेम्बर एक तारिखदेखि सञ्चालन हुनेछ । अघिल्लो संस्करणको लिग रेलिगेसनबिनाको भएका कारण एन्फाले त्यसलाई वार्मअप लिग भनेको थियो । यो संस्करणदेखि लिगमा रेलिगेसन पनि हुनेछ ।

शहीद स्मारक ए डिभिजन लिगमा १४ वटा क्लबहरुको सहभागिता रहनेछ । त्यसका लागि सबै क्लबले १८–१८ जना खेलाडी दर्ता गरिसकेका छन् ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया