टेलिकमको सिमकार्डबाट विदेश गएकाे बेलामा पनि इन्टरनेट चलाउन मिल्ने

 भदौ २३, २०७६ सोमबार १२:७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल टेलिकमको सिमकार्डबाट अब विदेश गएकाे बेलामा पनि इन्टरनेट चलाउन पाइने भएको छ । 

टेलिकमले पोस्टपेड ग्राहकका लागि विभिन्न ८७ देशका १ सय ९२ भन्दा बढी दूरसञ्चार सेवा प्रदायक कम्पनीसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराउने भएको हो ।

टेलिकमले यसअघि पोस्टपेड र प्रिपेडका ग्राहकलाई अन्तर्राष्ट्रिय रोमिङमा भ्वाइस र एसएमएस आदान–प्रदान गर्ने सुविधा मात्रै दिइरहेकोमा अब भने डेटा रोमिङ सेवा पनि दिन लागेको हो ।

टेलिकमले शनिबारदेखि नै छिमेकी देश भारतमा अन्तर्राष्ट्रिय डेटा रोमिङ सेवा दिन सुरु गरेको जनाएको छ । डेटा रोमिङ सुविधाबाट अब भारतमा जाँदा भ्वाइस र एसएसएमका साथै इन्टरनेट सेवा पनि उपयोग गर्न सकिने भएको छ ।

शनिबारदेखि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिने ग्राहकहरुलाई भने सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा इन्टरनेट सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया