२ लाखभन्दा बढी भुक्तानी गर्दा चेक काट्नुपर्ने अवस्थाकाे अन्त्य

 भदौ २३, २०७६ सोमबार १४:४०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  २ लाख रुपैयाँभन्दा बढीको भुक्तानी दिँदा चेक काट्न पर्ने अवस्थाको अन्त्य भएको छ । 

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आइतबार २८ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग (रियल टायम ग्रस पेमेन्ट सिस्टम) आरटीजीएस प्रणाली लागू गर्न सम्झौता गरेसँगै २ लाख रुपैयाँमाथिको भुक्तानी गर्दा चेक काट्नुपर्ने अवस्थाको अन्त्य भएको हो । 

राष्ट्र बैंकले मंगलबार २४ गतेभित्र कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकले यही भदौ १९ गते आरटीजीएस नियमावली ल्याएको थियो । भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले २० लाख रुपैयाँभन्दा माथिको भुक्तानी आरटीजीएस प्रणालीबाट नै गर्नुपर्ने र यसका लागि सोमबार नै सम्झौता हुने उहाँले बताउनुभयो । 

२ लाखभन्दा माथिको भुक्तानी आरटीजीएस प्रणालीबाट नै गरिनुपर्ने भए पनि तत्कालका लागि स्वेच्छिक गरिएको मिश्रले बताउनु भयो । केही समयपछि २ लाख रुपैयाँभन्दा बढीको भुक्तानी पनि आरटीजीएस मार्फत नै व्यवस्था गर्ने जानकारी दिनुभयो । 

साथै उहाँले आरटीजीएस प्रणाली लागू भएपछि अन्तर बैंक भुक्तानी गर्दा चेक नचाहिने र खातावालाको बैंकको खाता नम्बरबाट नै भुक्तानीको आदेश दिएपछि तुरुन्तै भुक्तानी भइहाल्ने बताउनुभयो । यो प्रणाली लागू भएपछि बैंकहरुको ठूलो खर्च जोगिने पनि उहाँले भन्नुभयो ।  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया