सावित्राकाे निर्णायक गाेलसँगै नेपाल नादेज्दा कप फुटबलको फाइनलमा

 भदौ २४, २०७६ मंगलबार १३:५८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ताजिकिस्तानलाई हराउँदै नेपाली महिला फुटबल टिम किर्गिस्तानमा जारी नादेज्दा कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ ले हराएको नेपालले आज ताजिकिस्तानलाई एक-शून्यले हराउँदै फाइनलमा स्थान बनाएको हो । नेपाललाई जित दिलाउनका लागि सावित्रा भण्डारीको एकमात्र गोल निर्णायक बन्यो । 

पहिलो हाफ गोलरहित बनेको खेलको ८६ औंँ मिनेटमा सावित्राले गाेल गरेकी थिइन् । यो जितसँगै नेपाल फाइनलमा पुगेको हाे । प्रतियोगिताको फाइनल बिहीबार हुनेछ ।

उज्बेकिस्तानले भने फाइनल यात्रा पक्का गरिसकेको छ । यसअघिका दुई खेलमा जित हात पार्दै उज्बेकिस्तान फाइनलमा पुगेको हो । उज्बेकिस्तानले ताजिकिस्तानलाई १२–० ले हराएको थियो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया