उपचुनावकाे तयारी पूरा, निर्धक्क भई मतदानमा सहभागी हुन आयाेग...
बैशाख १४, २०८१ शुक्रबार
किर्गिस्तानमा सम्पन्न नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाली स्ट्राइकर सावित्रा भण्डारी सर्वाधिक गोलकर्ताको उपाधि जित्न सफल भएकी छिन् ।
पुरै प्रतियोगितामा सात गोल गरेकी उनले सर्वाधिक गोलकर्ताको उपाधि जित्न सफल भइन् । उनले किर्गिस्तालाई हराउँदा चार गोल गरेकी थिइन् भने तुर्कमेनिस्तानविरुद्ध एक गोल गरेकी थिइन् । यस्तै फाइनलमा उनले नेपालका लागि दुई गोल गरेकी थिइन् । उपाधिका रूपमा उनले सिल्भर बुट हात पारिन् ।
महिला फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानमा अनु लामाको बराबरीसमेत गरेकी सावित्रा यो प्रतियोगितामा धेरै गोल गर्ने खेलाडी समेत बनिन् ।
किर्गिस्तानमा भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल फाइनलमा पुगेको थियो । किर्गिस्तानमा भएको नादेज्दा कप फुटबलको फाइनलमा नेपाल उज्बेकिस्तानसँग ३–२ गोलले पराजित भएको हो ।