राेल्पाकाे थवाङमा पहिराेले घर पुरिँदा दुई जनाकाे ज्यान गयाे, चार जना सम्पर्कविहीन

 भदौ २७, २०७६ शुक्रबार ११:१५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

रोल्पा – थवाङ गाउँपालिकाको छेर्लाबाङमा पहिरोले घर पुरिँदा दुई जनाकाे ज्यान गएको छ ।  बिहीबार राति पहिरोले घर पुरेपछि खीलकुमारी बुढा र उहाँका छोरा असलको ज्यान गएको प्रहरीले जनाएको छ । 

त्यस्तै पहिरोमा पुरिएर घरमा रहेका अन्य चार जना भने सम्पर्कविहीन भएका छन् । पुरिएर बेपत्ता हुनेमा ३६ वर्षीय जय बुढा, उहाँकी पत्नी ४० वर्षीया मूलज्योति बुढा, १० वर्षकी छोरी गृष्मा र डेढ वर्षकी छोरी रहेका छन् । घरमा रहेका चौपाया पनि पुरिएका छन् ।

पहिरो बिहीबार राति नै खसे पनि नजिकै अरु घर नभएकाले बिहान मात्रै घटनाबारे थाहा पाएको प्रहरीले जनाएको छ । घरमाथिबाट खनिएको सडक भासिएर आएको पहिरोले दुई तले ढुंगे घर पुरिएको हो ।

अहिले हराइरहेका चार जनाको खोजी भैरहेको छ । बुधबार रातिदेखि नै पानी परिरहेकाले त्यहाँका अरु घर पनि पहिरोको जोखिममा परेको स्थानीयले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया