काठमाण्डाै विश्वकै प्रदूषित शहर बन्याे
बैशाख १४, २०८१ शुक्रबार
धनुषा - प्रदेश २ सरकार आफैँले गरेको निर्णयबाट पछाडि हटेको छ । भव्यताका साथ संविधान दिवस मनाउने भनेर संविधान दिवस मनाउने निर्णय गरेको प्रदेश २ सरकार आफैँ पछि हटेको हो ।
असोज ३ गते शुक्रबार परेको संविधान दिवस भव्यताका साथ तीनदिनसम्म मनाउने भनि भदौ १७ गते मुख्यमन्त्री लालबाबु राउतकै अध्यक्षतामा प्रदेश स्तरीय संविधान दिवस मूल समारोह समिति गठन भएकाे थियाे । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर २ ले भदौ २७ गते एक सूचना जारी गर्दै तीन दिवसीय रुपमा संविधान दिवस मनाउन आह्वान गर्याे ।
जस अनुसार असोज २ गते बिहीबार जनकपुरको जिरोमाइलदेखि बसपार्कसम्म सरसफाई तथा डेंगु नियन्त्रणसम्बन्धी जनचेतना मूलक कार्यक्रम, असोज ३ गते संविधान दिवसको अवसरमा जानकी मन्दिरको प्रांगणबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रभातफेरी र अन्तिम दिन असोज ४ गते शनिबार मधेस भवन परिसरमा सरसफाइ तथा बृक्षारोपण र मधेस भवन परिसरबाटै जानकी मन्दिरसम्म लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना मूलक र्याली गर्ने कार्यक्रम तय गरिएकाे थियाे ।
तर सत्ता साझेदार राजपा नेपालका मन्त्रीहरुले भने प्रदेश सरकारको निर्णय नमान्ने, कार्यक्रममा नजाने र संविधान दिवसको दिन कालोदिवस मनाउने तयारी गरे । राजपाबाट मन्त्री बनेकाहरुले संविधान दिवस बहिष्कार गर्ने भनेपछि सत्तारुढदल समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका र मन्त्री बनेकाहरुबीच संविधान दिवस मनाउने वा नमनाउने विषयमा जुहारी चल्दै आएको थियो ।
तर समाजवादी पार्टीबाट मन्त्री बनेकाहरुले संविधान दिवसको दिन कालो दिवस वा दीपावली केही पनि नगर्ने र तटस्थ बस्ने निर्णय गर्दै प्रदेश २ सरकार आफ्नाे अघिल्लाे निर्णयबाट पछि हटेकाे हाे ।
प्रदेश २ सरकारले गरेको निर्णय अनुसार गरिने भनिएकाे कार्यक्रममा मुख्यमन्त्रीदेखि मन्त्री कोही पनि सहभागि नहुने अर्थात् तटस्थ बस्ने निर्णयमा मुख्यमन्त्रीदेखि मन्त्रीहरु पुगेका हुन् ।
सरकारकै निर्णय र पूर्व सूचना अनुसार पहिलो दिन असोज २ गते बिहीबार जनकपुरको जिरोमाइलदेखि बसपार्कसम्म सरसफाई तथा डेंगु नियन्त्रणसम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेलको नेतृत्वमा भएको कार्यक्रममा मन्त्रालयका कर्मचारीहरु, नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरी र सरकारी अधिकारीहरुको सहभागिता थियो । तर कार्यक्रममा प्रदेश २ सरकारका मुख्यमन्त्रीलगायत कुनै पनि मन्त्रीहरु सहभागि भएनन् ।
प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले संविधान दिवसमा तटस्थ बस्ने प्रतिक्रिया दिनुभयो । संविधानमा धेरै उपलब्धी रहेकाले संविधानको विरोध पनि नगर्ने र संविधान संशोधन नभएसम्म दिवस पनि नमाउने मन्त्री यादवको भनाइ छ ।
यता राजपा नेपालका मन्त्रीहरुले भने संविधान दिवसमा कालो दिवस मनाउने बताएका छन् । संविधान संशोधन नभएसम्म यस दिनलाई कालो दिवसको रुपमा मनाउने राजपा नेपालबाट मन्त्री राज्यमन्त्री बन्नुएका प्रदेश २ का उद्योग,पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले बताउनुभयो ।
उहाँका अनुसार राजपाबाट प्रदेश सरकारमा सहभागी भएका सबै मन्त्री र राज्यमन्त्री कालोदिवस मनाउने कार्यक्रममा सहभागी हुनेछन् ।