छाेटाे समयमै नाभासले पीएसजी र समर्थककाे मन जिते

 असोज ३, २०७६ शुक्रबार १४:२४:१३ | एजेन्सी
unn.prixa.net

रियल मड्रिडबाट गएकाे सिजनको अन्त्यमा पीएसजी आएका केलर नाभासले पीएसजी र पीएसजीका समर्थकको मन छोटो समयमा नै जित्न सफल भएका छन् ।

पहिलो खेल स्ट्रास्बोर्गसँग खेलेका नाभासले दोस्रो खेल आफ्नो पूर्व क्लब रियल मड्रिडविरुद्ध खेलेका हुन् । रियल मड्रिविरुद्धको खेलपछि पीएसजीका समर्थकहरुले उनको तारिफ गरेका छन् ।

नाभासको दुई खेलको प्रस्तुतिले गर्दा उनी पीएसजीको पहिलो रोजाइको गोलकिपर बन्न सक्ने देखिएको छ । पीएसजीका गोलकिपरहरुमध्ये अल्फोन्स एरिओलाले पीएसजीमा रहेर चर्चा बटुल्न सके ।

अर्का भरपर्दो गोलकिपर बुफनले पीएसजीका समर्थकहरुको मन जित्न सफल भएका थिए । तर अर्का गोलकिपर केभिन ट्यापले भने पीएसजीमा आफूलाई स्थापित गर्न सकेनन् ।

प्रशिक्षक ट्युचेलले रियलविरुद्धको नाभासको खेलपछि पीएसजीले भरपर्दाे गोलकिपर अनुबन्धित गरेको प्रतिक्रिया दिएका थिए ।नाभासले पनि आफू पीएसजीमा आएर खुशी भएको बताएका थिए ।

‘मलाई पीडा भएको थिएन तर मैले गत सिजनमा बोकेको भारी बिसाउन चाहन्थे’, नाभासले भने । ‘यसअघि मैले हरेक खेलमा राम्रो प्रदर्शन गर्न खोजिरहेको हुन्थे । त्यो कुरा सबैलाई थाहा छ । तर मैले सोचेजस्तो मौका पाएको थिएन’, उनले भने ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया