परपुरुषसँग मिलेर श्रीमतीले गरिन् श्रीमानको हत्या

 असोज ३, २०७६ शुक्रबार २०:२७:११ | उज्यालो सहकर्मी

नवलपरासी – नवलपरासी पश्चिममा परपुरुषसँग मिलेर श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । 

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–३, घोडापाली आदर्शटोलमा बस्ने ४१ वर्षीय तारा भन्ने रविन्द्रप्रसाद पाण्डेलाई उनकै श्रीमतीले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिमका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो ।

श्रीमती सरस्वती पोख्रेल (पाण्डे)ले परपुरुषसँगको मिलेमतोमा श्रीमानको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । भदौ १८ गतेदेखि रविन्द्रप्रसाद पाण्डे हराइरहेका थिए ।

उनको खोजी गर्नेक्रममा शुक्रबार वडा नम्बर ३ कै घोडपाली आदर्शटोलस्थित हरिशुसिल आधारभूत विद्यालयको सेप्टिक ट्याङ्कीमा शव सडिसकेको अवस्थामा फेला परेको उहाँले बताउनुभयो । 

प्रहरीले रविन्द्रको हत्या श्रीमती सरस्वतीले नै गरेको भन्दै पक्राउ गरेर सोधपुछ गर्दा घटना खुलेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । हत्यामा संलग्न उनीसँगको सम्बन्धमा रहेका पुरुषको खोजीकार्य जारी रहेको पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया