बराबरीमा रोकियो बोरुसिया डर्टमन्ड

 असोज १२, २०७६ आइतबार ७:३८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

जर्मन बुन्डेस लिगमा उपाधिको दावेदार मानिएको बोरुसिया डर्टमन्ड वेरदेर बेरमनसँग बराबरीमा रोकिएको छ । यो सिजन राम्रो सुरुवात गर्न नसकेको बोरुसियाले एक गोलको अग्रतालाई जोगाउन सकेन ।

डर्टमन्डको घरेलु मैदानमा ८१ हजार दर्शकमाझ भएको खेलको सातौं मिनेटमा नै रासिकाको गोलमा पाहुना टिम वेरदेरले अग्रता बनाएको थियो । तर त्यसको दुई मिनेटमा मारियो गोट्जेले गोल गर्दै बोरुसियालाई बराबरीमा पुर्‍याए ।

४१ औं मिनेटमा मार्कुस रिउसले गोल गर्दै बोरुसियाले घरेलु मैदानमा अग्रता बनायो । उनले हाजार्डको पासको सदुपयोग गरेका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको बोरुसिया विरुद्ध ५५ औं मिनेटमा फ्रेडीले गोल गर्दै खेल दुई दुईको बराबरीमा पुर्‍याए ।

यो बराबरीले बोरुसियाले ६ खेलमा ११ अंक बनाएको छ । उसले अहिलेसम्म तीन जित दुई बराबरी र एक हार ब्यहोरेको छ । 

यता सिजनमा अपराजित रहेको बायर्न म्युनिखले पनि शनिबार राति नै आफ्नो खेलमा पदेरबर्नलाई ३–२ गोलले हरायो । जसका कारण उसले आफ्नो शीर्ष स्थान बलियो बनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया