बारामा रक्सी बनाउन जम्मा गरिएको पानीमा ५ जनाको शव भेटियो

 असोज १५, २०७६ बुधबार २२:५०:१४ | जयनारायण यादव
unn.prixa.net

बारा - बारामा बुधबार साँझ  आठ बजे अवैध घरेलु रक्सी उत्पादन गर्ने ठाउँमा एक बालिकासहित ५ जनाको शव भेटिएको छ ।

अवैध रुपमा रक्सी उत्पादन गर्ने क्रममा करेन्ट लागेर एक बालिकासहित पाँच जनाको ज्यान गएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

बाराको फेटा गाउँपालिका४, बतरामा करेन्ट लागेर स्थानीय ४० वर्षीय जोगा मुखिया बिन, उहाँकी पत्नी ३८ वर्षीया लालमुनी देवी, १० वर्षीया छोरी सुमनी कुमारी, जोगाका भाइ अन्दाजी ३५ वर्षीय महेन्द्र मुखिया बिन र एक जना भारतीय कामदारको ज्यान गएकोे प्रहरीले जनाएको छ ।

करेन्ट लागेर हो कि अन्य कारणले मृत्यु भएको भन्ने बारेमा अनुसन्धान भैरहेको घटनास्थल पुग्नु भएका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी गराउनुभयो । 

४-५ फिट गहिरो खाल्डोमा मदिरा उत्पादन गर्नका लागि जम्मा गरिएको पानीमा पाँचै जनाको शव फेला परेको प्रहरी उपरीक्षक खनालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया