२५ प्रकारका कृषि सामग्री चीन निर्यातका लागि सिफारिस

 असोज २३, २०७६ बिहिबार ११:३८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवागढी नाकाबाट निर्यात गर्न सकिने २५ प्रकारका कृषिजन्य सामग्री सिफारिस गरिएको छ । 

नाका सञ्चालनमा आएको पाँच वर्ष बितिसक्दा पनि सामग्री निर्यात हुन नसकेपछि  प्रक्रिया अघि बढाइएको हो । रसुवागढी नाकाबाट अहिले वनजन्य सामग्री मात्रै निर्यात हुँदै आएको छ ।

चीनले आफ्नो देशमा लैजान सकिने नेपालमा उत्पादन हुने कृषि सामग्रीको विवरण मागेपछि प्लान्ट क्वारेन्टिन कार्यालय रसुवाले विवरण तयार पारेर कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा पठाएको छ ।

कार्यालयले यो दोस्रो पटक सिफारिस गरेको हो । यसअघि कार्यालयले ५२ प्रकारका सामग्री निर्यात गर्न सकिने भन्दै विवरण पठाएको थियो । त्यसमा चिनियाँ पक्षले घटाउन आग्रह गरेपछि २५ मा झारिएको हो ।

कार्यालयले सिफारिस गरेको कृषि सामग्रीहरूमा आँप, अकबरे खुर्सानी, अनार, अलैंची, बन्दा, बेसार, भन्टा, भिन्डी, भुइँकटर, चुकन्दर, धनिया, गाँजर, गोलभेंडा, हरियो मकै, करेला, केरा, खर्बुजा/तर्बुजा, सुकेको खुर्सानी, लप्सी, लिची, मेवा, रुखकटर, स्कुस, सुपारी र टिमुर रहेको छ ।

दैनिकरूपमा सयौँका संख्यामा मालबाहक गाडीहरू सामग्री लिनका लागि सीमा क्षेत्रमा खाली नै जाने गरेकोले यसको सदुपयोग गर्न सकिने वरिष्ठ बाली संरक्षण अधिकृत तथा कार्यालय प्रमुख कुलदीप घिमिरेले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया