फरार सूचिमा रहेका दुईजना बुटवलबाट पक्राउ

 असार ३२, २०७५ सोमबार ७:३६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – अदालतको फरार सूचिमा रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलको टोलीले बुटवल–७ का मित्रप्रसाद गौचन र देवदह चरङगेका चित्रबहादुर अधिकारीलाई पक्राउ गरेको हो ।

गौचनलाई ज्यान मुद्धा र अधिकारीलाई लागुऔषध मुद्धामा अदालतले कैद सजायको फैसला गरेको थियो । विशेष सुराकीको आधारमा उनीहरुलाई बुटवलबाट पक्राउ गर्न सफल भएको प्रहरीले जानकारी दिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया