आलमलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

 कात्तिक ३, २०७६ आइतबार १४:४६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - हत्या आरोपमा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताब आलमलाई रौटहट जिल्ला अदालतले थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाइ समय दिइएको छ ।

पहिलो पटक थपएिको ७ दिनको म्याद सकिएपछि प्रहरीले आइतबार अनुसन्धानका लागि थप समय चाहिएको भन्दै म्याद थप गर्न जिल्ला अदालत रौतहटमा उपस्थित गराएको थियो । न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको हो ।

 

आलमलाई प्रहरीले गएको असोज २६ गते पक्राउ गरेर हिरासतमा राखेको थियाे । आलमलाई प्रहरीले हत्याको अभियोगमा १२ वर्षपछि पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

पहिलो पटक जिल्ला अदालतमा उपस्थित गराउँदा आलमले बयान दिन इन्कार गरेका थिए । दोस्रो पटक अस्वस्थ भन्दै बयान नदिएका आलमलाई आइतबार फेरि अदालत उपस्थित गराइएको हो । 

अन्तिम अपडेट: कात्तिक २१, २०७६

तपाईको प्रतिक्रिया