नबिल बैंकको १२ वटा शाखा एकै पटक सञ्चालनमा

 साउन १, २०७५ मंगलबार १४:२७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नबिल बैंकले एकै पटक १२ वटा शाखा सञ्चालनमा ल्याएको छ । 

नबिल बैंकले मंगलबार कर्णाली प्रदेश तथा प्रदेश ७ र प्रदेश ५ का विभिन्न गाउँपालिकाहरुमा १२ वटा शाखा आजैबाट कारोबार सुरु हुनेगरी सञ्चालनमा ल्याएको हो । मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौंमा अनलाइनमार्फत् १२ वटा शाखाको उद्घाटन गर्नुभयो । कर्णाली प्रदेशमा ५, प्रदेश ५ मा १ र प्रदेश ७ मा ६ वटा नबिल बैंकका शाखाहरु सञ्चालन गरिएका छन ।
 

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार एकै पटक १२ वटा शाखा सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले सबै शाखामा आजैबाट कारोबार पनि सुरु गरिएको जानकारी दिनुभयो ।

१२ वटा थप भएसँगै नबिल बैंकको देशभर ७४ वटा शाखा सञ्चालनमा आएको छ । १ सय १५ वटा एटिएमहरुको संरचना र १ हजार ५ सय भन्दा बढी नबिल रेमिट एजेन्टको प्रभावकारी परिचालनमार्फत् सेवाग्राहीलाई थप सन्तुष्टि प्रदान गर्ने बैंकको दावी छ । बैंकले स्थानीय तहमा सञ्चालन गरिएका शाखाहरुको सुरक्षाको उचित व्यवस्था गर्न सरकारसँग माग पनि गरेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया