‘कतारमा आजाद भिसा र यूरोपको प्रलोभनमा नेपालीलाई अलपत्र पार्नेलाई कारबाही गर्छु’

 कात्तिक १७, २०७६ आइतबार ११:२४:५९ | उज्यालो सहकर्मी

महेश्वर नेपाल/कतार ।

कतार – कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले आजाद भिसा र यूरोपको प्रलोभन देखाएर कतारमा नेपालीलाई अलपत्र पार्नेलाई कारबाही गर्ने बताउनुभएको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारले आयोजना गरेको कार्यक्रममा राजदूत भारद्वाजले आजाद भिसा र यूरोपको प्रलोभनमा धेरै नेपालीलाई कतारमा अलपत्र पारेको घटनाप्रति आफू गम्भीर रहेको भन्दै अलपत्र पार्नेलाई कारबाही गर्ने बताउनुभएको हो ।

यस्तै, उहाँले कतारमा रहेका कतिपय नेपाली समुदायबाट कतारको मूल्य मान्यता विपरित कार्य भएको भन्दै कतारको कानुनलाई सम्मान गर्न आग्रह गर्नुभयो ।

राजदूत भारद्वाजले पछिल्लो समय नेपालले तीव्र आर्थिक विकास गरिरहेको भन्दै अब प्राविधिक शिक्षामा जोड दिनुपर्ने र त्यसको लागि प्रवासी नेपालीले यहाँ सिकेको सीप र आर्जन गरेको पूँजीबाट ठोस परियोजना संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया