आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
गएको दुई वर्षमा ५५ प्रतिशत पत्रकारको हत्या संघर्ष रहित क्षेत्रमा भयो । जसले राजनीति, अपराध र भ्रष्टाचारको विषयमा रिपोर्टिंग गर्ने पत्रकारलाई निशाना बनाउने प्रवृत्ति बढेको देखाउँछ ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को) को एक प्रतिवेदनमा यो जानकारी दिइएको हो ।
युनेस्कोका अनुसार सन् २००६ देखि २०१८ को अवधिमा विश्वभरमा एक हजार एक सय नौ जना पत्रकारको हत्याको जिम्मेवार व्यक्तिमध्ये झण्डै ९० प्रतिशतलाई दोषी ठहराइएको छैन । प्रतिवेदनका अनुसार गएको दुई वर्ष (सन् २०१७–२०१८) मा ५५ प्रतिशत पत्रकारको हत्या संघर्ष रहित क्षेत्रमा भएको छ ।
२ नोभेम्बरमा पत्रकारहरुविरुद्धको अपराधको लागि दण्डमुक्त समाप्त गर्ने अन्तर्राष्ट्रिय दिवस मनाइरहेको सन्दर्भमा यो प्रतिवेदन आएको हो ।
प्रतिवेदनका अनुसार काम गर्ने सन्दर्भमा पत्रकारहरुका लागि अरब देश सबैभन्दा खतरनाक छ, जहाँ ३० प्रतिशत हत्या भएको छ । यसपछि ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्र (२६ प्रतिशत) र एसिया तथा प्रशान्त देश (२४ प्रतिशत) आउँछ ।
युनेस्कोले गएको वर्ष यही अवधिको तुलनामा सन् २०१९ मा पत्रकारहरुको कम हत्या भएको जनाएको छ ।