अयाेध्या विवादबारे फैसला हुनुअघि भारतले गर्‍याे उत्तर प्रदेशसँग जाेडिएकाे नेपाली सीमा बन्द

 कात्तिक २३, २०७६ शनिबार ९:५८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

भारतले उत्तर प्रदेशसँग जोडिएका नेपाली सीमा बन्द गरेको छ ।

शनिबार बिहान सर्वोच्च अदालतले अयोध्या विवादबारे फैसला सुनाउनुअघि उत्तर प्रदेश सरकारले नेपालसँगको सीमा बन्द गर्ने निर्णय गरेको हो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यका उच्च सुरक्षा अधिकारीहरुसँगको छलफलपछि नेपालसँगको सीमा बन्द गर्ने निर्णय गरेका हुन् । आ

धिकारिक परिचय पत्रबिना कसैलाई पनि सीमामा ओहोरदोहोर गर्न नदिने उत्तर प्रदेशका गृह सचिव अविनाश अवस्थीले जनाएका छन् ।

मुद्दाको फैसला सुनाउने तयारी भएसँगै अयोध्यासहित उत्तर प्रदेशको सुरक्षा व्यवस्था कडा पारिएको छ । स्कूल तथा क्याम्पस दुई दिनका लागि बन्द गरिएको छ ।

अर्धसैनिक बलका झण्डै ४० हजार जवान राज्यभर तैनाथ भएका भारतीय संचार माध्यमले जनाएका छन् । फैसलालाई लिएर सामाजिक सञ्जालमा पनि निगरानी कडा पारिएको छ । हिजोदेखि नै राम जन्मभूमि तर्फ जाने सबै सडकमा पैदल यात्रुलाई मात्रै हिँड्न दिइएको छ । राम मन्दिर–बाबरी मस्जिद विवादबारे भारतको सर्वोच्च अदालतले ४० दिन लामो सुनुवाई गएको अक्टोबर १६ अर्थात असोज १९ गते पूरा गरेको थियो ।

सर्वोच्चका प्रधानन्यायाधीश रञ्जन गोगोईले आउँदो मंसिर १ गते अवकास पाउने भएकाले त्यो भन्दा अगाडि नै सर्वोच्चले फैसला सुनाउने अपेक्षा गरिए अनुसार आज फैसला सुनाइन लागेको हो । राम मन्दिर–बाबरी मस्जिद सम्बन्धी फैसला ऐतिहासिक हुनेछ ।

राजनीतिक रुपले अति संवेदनशील राम मन्दिर र बाबरी मस्जिदको जमिनको स्वामित्वलाई लिएर विवाद रहँदै आएको छ । हिन्दू र मुस्लिम सम्प्रदायबीच अयोध्यामा रहेको यो भूमिलाई लिएर लामो समयदेखि विवाद छ । हिन्दूले विवादास्पद भूमि राम जन्मभूमि भएको दाबी गर्दै आएका छन् भने मुस्लिमले बाबरी मस्जिदको भूमि भएको अडान राख्दै आएका छन् । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया