स्वतन्त्र न्यायपालिकाविरुद्ध धम्कीपूर्ण भाषा प्रयोग नगर्न प्रधानन्या...
मंसिर २४, २०७६ मंगलबार
काठमाण्डौ – वैदेशिक रोजगारीको क्षतिपूर्तिको रकम बैंकबाट भुक्तानी गरेको प्रमाण पेश गरेपछि मात्र मुद्दाको फरफारक गरिने भएको छ ।
वैदेशिक रोजगार विभागले पीडितलाई भराउने क्षतिपूर्ति पीडकले बैङ्क खातामार्फत भुक्तानी गरेको प्रमाण पेश भएपछि मात्र उजुरी फरफारक गर्ने निर्णय गरेको हो । पीडकको दबाब अथवा विभिन्न प्रलोभनमा आएर दुई पक्ष मिल्यौँ भनेर मात्र मुद्दा नटुङ्गिने विभागले जनाएको छ ।
वैदेशिक रोजगारीको नाममा ठगिएकाहरुको क्षतिपूर्तिको रकम उनीहरुको बैङ्क खातामा जाने व्यवस्था अनिवार्य गरिएको छ । योेसँगै पीडितले निर्णय बमोजिमको पुरै रकम पाउने कुराको ग्यारेन्टी भएको छ ।