केसी अनसन बसेको अस्पताल तनावग्रस्त, प्रहरीद्वारा अस्पतालमै अश्रु ग्यास प्रहार

 साउन ३, २०७५ बिहिबार १२:३४:२१ | नेत्र शाही
unn.prixa.net

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झडप भएको छ । २० दिनदेखि अनसन बसिरहेका डाक्टर गोविन्द केसीलाई काठमाडौं पठाउन प्रहरीले बल प्रयोग गरेपछि काठमाडाैं ल्याउन नदिने केसीका समर्थकहरु घाइते भएका छन् ।

बल प्रयोग गर्ने क्रममा प्रहरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै अश्रु ग्यास प्रहार गरेको थियो । लाठी चार्ज र अश्रु ग्यास प्रहार हुँदा डाक्टर केसीको अनसनमा साथ दिइरहेका अस्पतालका विद्यार्थी र स्थानीयवासी घाइते भएका हुन् । अहिले पनि अस्पतालको अवस्था तनावग्रस्त छ । 

डाक्टर केसीको समर्थकले माग पूरा नगरी काठमाडौं लैजान लागेपछि, स्थानीय वासिन्दा  विद्यार्थीलगायतले विरोध गरेपछि प्रहरीले लाठीचार्ज र अश्रु ग्यास प्रहार गरेको हो । डाक्टर केसीलाई जुम्लाबाट ल्याउन सरकारले विहान हेलिकोप्टर पठाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया