सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
रुपन्देही - प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले स्वतन्त्र न्यायपालिकाविरुद्ध धम्कीपूर्ण भाषा प्रयोग नगर्न नेपाल बार एसोसियसनसँग आग्रह गर्नुभएको छ ।
बुटवलमा मंगलबारदेखि सुरु भएको मानवअधिकार सम्बन्धी राष्ट्रिय सम्मेलन तथा नेपाल बार एसोसियसनको ४६ औँ कार्यकारिणी परिषद बैठकलाई संबोधन गर्दै उहाँले स्वतन्त्र , निष्पक्ष र प्रभाबकारी न्याय सम्पादनमा न्यायपालिका क्रियाशील र प्रयत्नशील रहेको भन्दै न्यायालयलाई होच्याउने काम बन्द गर्न बारसँग आग्रह गर्नुभएको हो ।
सर्वाेच्चमा न्यायधीश नियुक्त गर्दा बारको मर्म र भावना विपरीत आफू नजाने भन्दै उहाँले अहिले चर्चामा आएका व्यक्तिको नाम ९९ प्रतिशत ड्रप भइसकेको बताउनु भयो ।
एकजना न्यायधीशले गरेको गल्तीलाई लिएर समग्र न्यायपालिकाविरुद्ध उत्रनु राम्रो नहुने भन्दै प्रधानन्यायाधीश जबराले न्यायधीशबाट हुने गल्ती र कमजोरीलाई भने कानुन व्यवसायीले उजागर गर्नुपर्ने बताउनु भयो ।
न्यायधीशबाट हुने फैसला र आदेशले उनीहरुको कार्य सम्पादन मापन हुने भन्दै पछिल्लो ३ महिनामा न्याय परिषदमा कुनैपनि न्यायधीशका विरुद्ध उजुरी नपरेको प्रधानन्यायधीश जबराको भनाइ छ ।
मानव अधिकार र न्याय अनुभूति गर्ने विषय भएकाे भन्दै प्रधानन्यायाधीश जबराले कानुनी शासन , फैसला र आदेशको कार्यान्वयनले मात्रै मानवधिकारको प्रत्याभूति हुने बताउनु भयो ।
सम्मेलनमा बोल्ने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ , पूर्व अध्यक्षहरु शेरबहादुर के सी, कृष्णप्रसाद भण्डारी, विश्वकान्त मैनालीले न्यायपरिषद स्वतन्त्र र निष्पक्ष बन्न नसकिरहेको बताउनु भएको थियो ।
सम्मेलनमा ८ सयभन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको उच्च अदालत बुटवल बारका अध्यक्ष जोगबहादुर खत्रीले जानकारी दिनुभयो ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।