बलात्कारकाे आराेपमा वडाध्यक्ष पक्राउ

 मंसिर २५, २०७६ बुधबार १२:२०:१६ | रासस
unn.prixa.net

सप्तरी – एक जना महिलालाई बलात्कार गरेकाे आरोपमा प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका १२ का वडाध्यक्षलाई पक्राउ गरेको छ  । 

वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबर्जस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ  गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले बताउनु भयो । उहाँका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले बुधबार बिहान साहलाई पक्राउ गरिएको  हो । 

स्थानीय एक महिलाले आफूलाई जबर्जस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि पक्राउ गरिएको डीएसपी भारतीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया