नेपाल साहित्य महाेत्सवमा नारायण ढकालकाे 'तमस' सार्वजनिक

 मंसिर २८, २०७६ शनिबार १३:२६:४० | सुमन गुरुङ
unn.prixa.net

कास्की - नेपाल साहित्य महाेत्सवमा आख्यानकार नारायण ढकालकाे कथासंग्रह 'तमस' काे विमाेचन गरिएकाे छ । 

खगेन्द्र संग्राैला र गनेश पाैडेलले पुस्तककाे विमाेचन गर्नुभएकाे हाे । विमाेचनका अवसरमा पुस्तकका विषयमा छलफल भएकाे थियाे ।छलफलमा खगेन्द्र संग्रा‌ैलाले पुस्तकमा कथा र उपन्यासबीचकाे सैद्धान्तिक पाटाे भेट्न सकिने बताउनुभयाे ।

४० वर्षदेखिकाे दाेस्तीमा कहिल्यै साथ नछाेडेकाे बताउँदै लेखक संग्राैलाले ढकाललाई सफलताकाे शुभकामना दिनुभयाे ।

पुस्तकमा १३ वटा लामा तथा छाेटा कथा समावेश रहेकेा नारायण ढकालले जानकारी दिनुभयाे । ढकालका यसअघि प्रेतकल्प, वृशभ वध, हजार माइलकाे बाटाेलगायतका चर्चित कृति प्रकाशित भैसकेका छन् । 

कथासंग्रह बुकिहल पब्लिकेशनले प्रकाशन गरेकाे हाे ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया