पोखरा प्रिमियर लिगको पहिलो खेलमा ज्ञानेन्द्र र शरदको टिम खेल्दै

 मंसिर २९, २०७६ आइतबार १०:३६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पोखरा प्रिमिएर लिग  ‘पीपीएल’ अन्तर्गत दोस्रो संस्करणको खेल आजदेखि सुरु हुँदैछ । 

पोखरा क्रिकेट रंगशालामा साढे ११ बजेपछि सुरु हुने उद्घाटन खेलमा पोखरा पल्टन र काठमाण्डौ गोल्डेन्सले खेल्नेछन् । पहिलो खेलमा दुवै टिम जितको खोजीमा हुनेछन् ।

पोखरा शरद भेषवाकरको कप्तानी र काठमाण्डौ ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदानमा उत्रिँदै छ । क्विन्स इभेन्टले आयोजना गरेको प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ ।

विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाण्डौ गोल्डेन्स वारियर्स र धनगढी ब्लुजले प्रतिस्पर्धा गर्नेछन् । 

अघिल्लो संस्करणमा २ जना विदेशी खेलाडी रहेकोमा यसपटक भने प्रत्येक टिममा ३ जना विदेशी खेलाडी राख्न पाइने छ । काठमाण्डौ पीपीएलमा पहिलो पटक खेल्न लागेको टिम हो ।

टिमका कप्तान मल्लले उपाधि जित्ने लक्ष्यका साथ पोखरा आएको बताएका छन् । यसैगरी पोखरा पल्टनका कप्तान भेषवाकरले गएको  संस्करणको जस्तै प्रदर्शनलाई निरन्तरता दिएर उपाधि रक्षा गर्ने बताए ।

पुस १२ गतेसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगिताको विजेताले २७ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछ । यसैगरी उत्कृष्ट तीन जना खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया