दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त

 पुस ६, २०७६ आइतबार १९:४८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख - विप्लव समूहको अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त हुनुभएको छ ।

उहाँलाई कालिकोटको शुभकालिका गाउँपालिका छातीको जंगलबाट उद्धार गरिएको ठाँटीकाँध गाउँपालिका-२ का वडाध्यक्ष रुपलाल विकले जानकारी दिनुभयो ।

‘छातीको जंगलमा एक घरमा राखिएका शाहीलाई सशस्त्र प्रहरीको टोलीले घेरा हाली सकुशल मुक्त गरेको छ’, विकले भन्नुभयो, ‘दुई जना अपहरणकारी समेत समातिएको सुन्नमा आएको छ, प्रस्ट भैसकेको छैन, उहाँकी श्रीमती र आफन्तसहित शुभकालिका जाँदैछौँ ।’

शाहीलाई शनिबार राति विप्लव समूहका कार्यकर्ताले अपहरण गरेर घटनाको जिम्मेवारी पनि लिएको थियाे ।

विप्लव समूहले गाउँपालिकाको रकममा भ्रष्टाचार गरेको आरोपमा शाहीलाई गिरफ्तार गरिएको उल्लेख छ । शाहीकी श्रीमती इलालाई भने अपहरणपछि छाडिएको थियो । इला कृष्ण माध्यमिक विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया