दैलेख अपहरण : श्रीमती सम्पर्कमा, गाउँपालिका अध्यक्षकाे अवस्था अज्ञात

 पुस ६, २०७६ आइतबार ११:४०:४२ | अमर सुनार
unn.prixa.net

दैलेख – विप्लव नेतृत्वकाे नेकपा कार्यकर्ताले दैलेखबाट अपहरण गरेका गाउँपालिका दम्पतीमध्ये इला शाही सम्पर्कमा आउनुभएको छ ।

इलाले कालीकोटबाट फोन गरेको तर उहाँले आफूलाई नेकपाले नछोडेको बताउनुभएको आफन्तले बताएका छन् । उहाँले आफू कालीकोटको सिमाना नजिक भर्ता लेकको आसपासमा रहेको पनि जानकारी गराउनुभएको छ ।

उहाँका श्रीमान् ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीकाे अवस्था भने अझै थाहा हुन नसकेको प्रहरीले जनाएको छ । शाही दम्पतीसहित धीरबहादुर शाहीका भाइ हस्तबहादुरलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले शनिबार बेलुका अपहरण गरेर एक घण्टापछि छाेडेका थिए ।

भाइलाई हिजै बेलुका छाडेपनि दुई जनालाई भने अहिलेसम्म नछोडेको दैलखेका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षत्रीले जानकारी दिनुभयो । इला कृष्ण माध्यमिक विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ ।

अपहरणमा परेका शाही दम्पतीको खोजी भइरहेको प्रहरीले जनाएको छ । गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै अध्यक्ष शाहीलाई विप्लब नेतृत्वको नेकपाले पहिला पनि चेतावनी पत्र दिएको थियो ।  

याे पनि पढ्नुस्

अन्तिम अपडेट: चैत १३, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया