ललितपुरमा एक वर्षमा झण्डै एक हजार मुद्धा दर्ता

 साउन ४, २०७५ शुक्रबार १९:२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुरमा गएको आर्थिक वर्षमा विभिन्न घटनाका झण्डै एक हजार मुद्धा दर्ता भएका छन् । 

कर्तव्य ज्यान, बलात्कार, चोरी, सार्वजनिक अपराध जस्ता विभिन्न २८ वटा शीर्षकमा ९ सय ४५ वटा मुद्धा दर्ता भएका महानगरीय प्रहरी परीसर ललितपुरले जनाएको छ । त्रिवर्षीय मुद्धादर्ताको तथ्याङक अनुसार गत आर्थिक बर्षमा मुद्धा दर्ता बढेको छ । २०७२-७३ मा ९ सय ४ र ०७३-७४ मा ८ सय ५८ मुद्धा दर्ता भएकोमा ०७४-७५ मा यो संख्या बढेर ९ सय ४५ पुगेको हो । घटनामा संलग्न ११ सय ६५ जना पक्राउ परेका छन् । यी मध्ये ४३ जना महिला र ११ सय २२ जना पुरुष रहेका छन् । 

पोहोर साउनदेखि असारमसान्त सम्म सबैभन्दा धेरै ४ सय ४६ सार्वजनिक अपराधका मुद्धा दर्ता भएका छन् । सार्वजनिक अपराधमा संलग्न ६ सय ८२ जनालाई पक्राउ गरी कारवाही गरिएको पनि महानगरीय प्रहरी पसरसर ललितपुरका प्रहरी उपरीक्षक शेखर खनालले बताउनुभयो । 

त्यस्तै आत्महत्या ९३, बैङ्किग कसुरका ५२, चोरीका ४४, लागुऔषध ३८, जबरजस्ती करणी २१, ठगी १७, जबरजस्ती करणी प्रयासका १६ वटा मुद्धा दर्ता भएका खनालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया