आजको विशेष : किसानलाई उखुको चिन्ता, उपभोक्तालाई प्याजको !

 पुस १३, २०७६ आइतबार २०:०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चिनी मिलहरुले ७ वर्षदेखि उखुको भुक्तानी नदिएको भन्दै सर्लाहीका किसान सरकारसँग हारगुहार माग्न काठमाण्डौ आइपुगेका छन् । उनीहरुले माइतीघरमा धर्ना दिंदै भुक्तानी नदिएसम्म उखु नकाट्ने र मिलहरु कुनै पनि हालतमा चल्न नदिने चेतावनीसमेत दिएका छन् ।

उखु किसानले भुक्तानी नपाएसम्म उखु नकाट्ने बताइरहँदा केही उपभोक्ताले चाहिँ भाउ नघट्दासम्म प्याज नखाने कसम खाएका छन् । भाउ महंगो भएपछि प्याज किन्नै छोडेको उनीहरुको भनाई छ ।

किसान र उपभोक्ताका समस्या समाधान गर्नुपर्ने बेला सत्तारुढ दल चाहिँ आफ्नै समस्यामा अल्झिएको छ । सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार, एमसीसी लगायतका विषय अझै टुंग्याउन नसकेको हो । आइतबार बसेको नेकपा सचिवालयको बैठकले यसबारे निर्णय गर्न नसके पनि प्रदेश ३ को नाम र राजधानीबारे चाहिँ सहमति जनाएको छ ।

हेर्नुहोस् आइतबारका मुख्य खबर :
प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौँडा कायम गर्न नेकपाको निर्देशन

नेकपा सचिवालय बैठक : सभामुखका बारेमा छलफल नै भएन

उखु किसानहरु आइतबार पनि धर्नामा : एउटै मिलले ५० करोडसम्म भुक्तानी दिन बाँकी

सर्वसाधारणले प्याज खान छाडे !

हिउँमाथि पाक्ने खाना, खाना पकाउने बाबुराम

‘छोराले विदेशबाट पैसा पठाइदिन्छु भन्छ, तर म आफैं कमाउँछु’

‘पैसा माग्नकै लागि दाता सम्मेलन गर्दैनौँ, उपलब्धि देखाउँछौँ’

यातायातमन्त्री नेम्वाङकाे निर्देशनपछि काठमाण्डाैका मुख्य सडकका खाल्डाखुल्डी पुर्ने काम तीव्र

सिद्धबाबामा सुरुङ मार्ग : डेढ महिनाभित्र ठेक्का आह्वान गरिने, ३ वर्षमा निर्माण पूरा गर्ने लक्ष्य

‘मास प्रिन्टर’ मार्फत दैनिक पाँच हजार लाइसेन्स छपाइ : छिट्टै दैनिक नाै हजारसम्म छापिने

चार्जिङ स्टेशन निर्माण गर्न चाहनेलाई सहज ऋण दिन राष्ट्र बैंकको निर्देशन

‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटन भव्य हुने

भ्रमण वर्षमा पर्यटकीय संस्थाका विभिन्न छुट तथा अफर

प्रदर्शनीमार्गबाट ‘विप्लव’ समूहका १५ कार्यकर्ता पक्राउ

हेटाैँडा उपमहानगरपालिकाका मेयर नागरिकका गुनासाे सुन्न गाउँगाउँमा, स्थानीय आफ्नाे समस्या राख्दै

सन् २०१९ : गाेलीकाण्ड र आक्रमणका हिसाबले अमेरिकी इतिहासकै खराब वर्ष

एनसेल मेला : दीपक बज्राचार्य, 'लाहुरे' र मेलिना राईकाे प्रस्तुतिमा झुमे दर्शक

मैले प्रमाणित गर्न अब केही बाँकी छैन : राेनाल्डाे

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया