धरानका मेयर सुब्बाको अन्तिम संस्कार आज

 साउन ५, २०७५ शनिबार ११:५७:१५ | सुमन पुरी
unn.prixa.net

सुनसरी – धरान उप–महानगरपालिकाका मेयर तारा सुब्बाको आज अपरान्ह दाहसंस्कार हुँदै छ । 

दाहसंस्कार अगाडि सुब्बाको शवयात्रा निकालिने भएको छ । काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्प्तालमा साउन १ गते ५२ वर्षीय मेयर सुब्बाको निधन भएको थियो । 

मेयर सुब्बाको पार्थीव शरीर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मोर्चुअरी विभागमा राखिएको थियो । उहाँको पार्थिव शरीर शनिबार बिहान साढे ११ बजेपछि श्रदाञ्जलीका लागि धरान १२ को पब्लिक माविको खेल मैदानमा राखिएको छ । 

सुब्बाको धरान उपमहानगरको मुख्य मुख्य स्थानमा शवयात्रासहित धरान १८ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहद्वारा संरक्षित वन क्षेत्रमा जातीय परम्परा अनुसार अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार गरिने कार्यक्रम रहेको छ । 

उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन सरकारका तर्फबाट उप–प्रधानमन्त्री इश्वर पोख्रेल, प्रदेश एकका मुख्यमन्त्री शेरधन राईसहित अन्य नेताहरुको समेत सहभागिता रहेको  छ ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया