ढाका टोपी शिरैमा ढलक्क ढल्कियो (फोटो फिचर)

 पुस १६, २०७६ बुधबार १२:२७:३३ | विकास तामाङ
unn.prixa.net

काठमाण्डाै – बुधबार धेरै युवायुवतीले ढाका टोपी लगाएका छन् । युवा मात्र होइन, कतिपय युवतीसमेत ढाका टोपी लगाएर रमाइरहेका छन् । राष्ट्रिय नेपाली टोपी दिवस मनाउने क्रममा युवायुवती ढाका टोपीमा रमाएका हुन् ।

काठमाण्डौसहित देशका ठाउँठाउँमा ढाका टोपीको प्रदर्शन पनि भएको छ । नेपाली पहिचान मेटिएको भन्दै केही युवाहरुको सक्रियतामा हरेक वर्ष जनवरी १ मा टोपी दिवस मनाइने गरिएको छ । नेपाली टोपीको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । 

नेपाली ढाका टोपीको आफ्नै शान र मान छ । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ ।

नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनोे ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ ।

तर नेपालका विभिन्न समुदायले आआफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् । यही टाेपी दिवसकाे अवसरमा काठमाण्डाैकाे माईतीघरमा धेरै नेपाली सहभागी भएर शिरमा ढाका टाेपी ढल्काउँदै रमाए । 

(तस्बिर : विकास तामाङ)

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विकास तामाङ

विकास तामाङ उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया