ईरानकाे बदला : अमेरिकी सैनिक अड्डामा दर्जनाैँ मिसाइल प्रहार

 पुस २३, २०७६ बुधबार ८:२१:४० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकाले गरेको हवाई आक्रमणमा ईरानका सैन्य प्रमुखक कासिम सुलेमानी मारिएपछि अमेरिका–ईरान तनाव उत्कर्षमा पुगेको छ । 

अमेरिकी आक्रमणको गतिलो जवाफ दिँदै ईरानले इराकमा रहेको दुई वटा अमेरिकी सुरक्षा अड्डामा दर्जनभन्दा बढी मिसाइल प्रहार गरेको सञ्चारमाध्यमले जनाएका छन् ।  

 

अमेरिकी रक्षा मन्त्रालयले भनेको छ,  ‘इराकको इरबिल र अल–अशद शहरमा रहेको दुई वटा अमेरिकी सुरक्षा अड्डामा एक दर्जनभन्दा बढी मिसाइल प्रहार भएको छ ।’ यो आक्रमणमा अहिलेसम्म कुनै हताहत भएको वा नभएको सम्बन्धमा स्पष्ट भइसकेको छैन । 

ईरानकाे सरकारी टीभीमा देखाइएकाे मिसाइल आक्रमणकाे फुटेज

अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसका प्रवक्ता स्टेफनी ग्रिशमले एक बयानमा भने, ‘इराकमा रहेको अमेरिकी सैनिक अड्डामा आक्रमण भएको अबर प्राप्त भएको छ । राष्ट्रपतिले स्थितिको बारेमा भनिएको छ । हामी यो स्थितिलाई निगरानी गरिरहेका छौँ र राष्ट्रिय सुरक्षा टिमसँग सल्लाह गरिरहेका छौँ ।’ 

ईरानको सरकारी न्युज एजेन्सी इरनामा जारी गरिएको एक बयानमा रिभोल्युशनरी गार्डले भनेको छ, ‘हामी अमेरिका र उसका सहयोगीलाई चेतावनी दिँदै भन्छौँ– ईरानविरुद्ध कहीँ कतैबाट आक्रमण हुन्छ भने हामी त्यसलाई निसाना बनाउँछौँ ।’

पहिला अल–अशदमा रहेको अमेरिकी सैनिक अड्डामा आक्रमण भएको थियो, त्यसपछि इरबिलमा आक्रमण भएको हो ।

ईरानी सरकारी सञ्चारमाध्यमहरुले यो आक्रमण सुलेमानीको हत्याको बदला लिन गरिएको बताएका छन् । गएको शुक्रबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बगदादमा ड्रोन आक्रमणमार्फत् सुलेमानीको हत्या गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया