सुनको भाउ बढ्यो

 साउन ६, २०७५ आइतबार १३:३२:२० | उज्यालो सहकर्मी

काठमाडौं – हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ ।

सुन आइतबार तोलाको ५६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको शुक्रबार ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार तोलामा ३ सय रुपैयाँ बढेको हो । चाँदीको भाउ भने आइतबार घटबढ भएको छैन ।

चाँदी आइतबार पनि तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ  ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया