दक्षिण कोरिया

 जेठ १०, २०७५ बिहिबार १४:७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण कोरिया गणतन्त्रात्मक देश हो । यसको राजधानी सोल हो । कोरियाको अरु प्रमुख शहरहरु बुसान, इन्चोन, डाइजोन, ग्वाँङजु हो । मुख्य भाषा कोरियन हो । तर अंग्रेजी भाषा पनि त्यत्तिकै प्रयोग हुन्छ । कोरियाको मुद्रालाई वन भनिन्छ । सय वन बरावर झण्डै ९ रुपैयाँ १९ पैसा हुन्छ । यो विनिमय दर अमेरिकी डलरको भाउको उतारचढावसँगै तलमाथि हुने गर्छ । दक्षिण कोरियामा बौद्ध र क्रिश्चियन धर्म मान्नेहरुको बाहुल्यता छ । कोरियामा जाडो मौसम चिसो र सुख्खा हुन्छ । गर्मीमा भने ओसिलो र तातो हुन्छ ।

नेपालले इपिएस प्रणाली अन्र्तगत रोजगारीको लागि सन् २००८ देखि नेपाली कामदार कोरिया पठाउन थालेको हो । इपिएस कोरिया शाखाका अनुसार सम्झौता हुनुअघि आफ्नै तरिकाले झण्डै १ हजार कामदार कोरिया गएका थिए । कोरियामा अहिले झण्डै ४० हजार नेपाली कामदार छन् । त्यसमध्ये ८० प्रतिशत नेपाली युवा औद्यागिक क्षेत्रमा काम गर्छन । २० प्रतिशत युवा कृषि तथा पशुपालन क्षेत्रमा काम गर्छन । रोजगारीका लागि कोरिया जान कोरियन भाषा जान्न जरुरी छ । त्यसैले नेपाल सरकारले लिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गर्नेले मात्रै कोरियामा रोजगारी पाउँछन् । भाषासँगै सिप पनि सिक्न जरुरी छ । भाषा परीक्षा र सिपवापत एचआरडी कोरियाले तोकेको न्यूनतम शुल्क तिनुपर्छ । रोजगारीका लागि कोरिया पुगे पछि युवाले चार वर्ष १० महिना काम गर्न पाउँछन् । भाषा परीक्षा पास गर्ने सबै युवा कोरिया जान पाउँदैनन । किनभने भाषा परीक्षामा कोरियाले माग गरेको कामदारको संख्या भन्दा निक्कै बढी पास हुन्छन ।

दक्षिण कोरियामा नेपालको दूतावास राजधानी सोलमा छ । कुनै समस्या परेमा सोलस्थित नेपाली दूतावासमा सम्पर्क गरे सल्लाह र सहयोग पाइन्छ ।

37-24, Sungbuk-dong, Sungbuk-gu, Seoul
Tel. No. 0082 (02) 37899770/1
Fax No. 0082 (02) 7368848
Email: [email protected],
[email protected]
Website: nepembseoul.gov.np,www.nepembseoul.or.kr

आप्रवासी कामदार सहयोगका लागि कोरियामा माइग्रेन्ट वर्कस सेन्टरले वहुभाषिक परामर्श समर्थन सेवा सञ्चालन गर्दै आइरहेको छ । आप्रवासी कामदारलाई भाषा र संवाद सम्बन्धी अप्ठयारो परेमा आप्रवासी सहायता नम्वर १६४४–०६४४ मा सम्पर्क गरी नेपाली भाषाको लागि १२ थिचेर आफ्ना समस्या राख्न सकिन्छ ।

न्यूनतम तलव ज्याला नदिएमा वा ढिला गरेमा, आप्रवासन र प्रवास सम्बन्धी समस्या परेमा, रोजगार परमिट प्रणाली विषयमा, औद्योगिक दुर्घटना भएमा, अन्तर्राष्ट्रिय विषयमा, मृत्यु र कर्मकाण्ड, ठगी, आक्रमण, नागरिक मुद्दा साथै अन्य समस्या राख्न सकिन्छ । 

सेवा फिर्ता कल – सेवा कल फिर्ताको लागि आफ्नो फोन नम्बर छोड्न नभुल्नुहोला

फोन गर्ने समयावधि

सोमवार – शुक्रवार बिहान ९:०० – बेलुका ६:००

आइतवार दिउसो १:०० – बेलुका ७:००

लन्च समय दिउसो १२:०० –१:०० बजे सम्म

शनिवार र आधिकारिक बिदाहरुको दिन केन्द्र बन्द रहनेछ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया