विश्वका यी क्रिकेटरहरुले याे वर्ष सन्यास लिने प्रबल सम्भावना

 माघ ३, २०७६ शुक्रबार १४:४५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

टी २० विश्वकप यो वर्षको अक्टाेबर १८ देखि नोभेम्बर १५ सम्म आयोजना हुँदैछ  ।  हरेक वर्षजस्तै विश्वको सबैभन्दा ठूलो टी–२० लिग आईपीएल आउँदो २९ मार्चदेखि मे २४ सम्म आयोजना हुनेछ ।

यस वर्ष क्रिकेटको रोमाञ्चले भरिपूर्ण हुनेछ  । यस वर्षको नयाँ युवा खेलाडीलहरुले यस वर्ष आफ्नो डेब्यू गर्न सक्छन् । साथै केही पुराना र ठूला खेलाडीहरुले सन्यासको घोषणा गर्न सक्दछन् ।

१. महेन्द्र सिंह धोनी 

पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनीले २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटलाई बिदाइ गर्न सक्छन्  । २०१९ मा उनले विश्वकप सेमिफइनलमा अन्तिम खेल खेलेका थिए । त्यसयता उनी अन्तर्राष्ट्रिय क्रिकेटमा देखा परेका छैनन् । महेन्द्र सिंह धोनी टेस्टबाट धेरै पहिले नै रिटायर भइसकेका छन् तर उनले आधिकारिक रुपमा टी–२० र एक दिवसीय क्रिकेटबाट सन्यास लिएका छैनन् ।

क्रिकेट खेलबाट टाढा भइरेहका धोनीकाे टिम इण्डियामा पुन आगमन हुनु गाह्रो छ । उनले सन्यास घोषणा गर्न सक्ने संभावना उच्च रहेको छ । यसैबीच केहीदिन अघि उनलाई बीसीसीआईले सेन्ट्रल कन्ट्र्याक्टबाट हटाएकाे छ ।

 

महेन्द्र सिंह धोनीको अन्तर्राष्ट्रिय करियर बारेमा कु्रा गर्दा उनले ९० टेस्ट खेलमा ३८.०९ को औसतमा ४ हजार ८७६ रन बनाएका छन्  । एक दिवसीय क्रिकेट करियरमा उनले ३५० खेलमा ५०.५७ को औसतमा १० हजार ७७३ रन बनाएका छन् । यसैगरी उनले ९८ टी–२० अन्तर्राष्ट्रियमा ३७.६ को औसतमा १ हजार ६१७ रन बनाएका छन् ।

२. लासिथ मालिंगा

लसिथ मालिंगाले टेस्ट र एक दिवसीय क्रिकेटबाट आधिकारिक रुपमा सन्यास लिएका छन् । तर उनी अझौ टी–२० खेल खेल्छन् । मलिगाले आगामी टी–२० विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिन सक्ने अनुमान लगाइएको छ । 

मालिंगाको क्रिकेट करियरको बारेमा उनले ३० टेस्ट खेलमा ३.८५ को शानदार औसतमा १०१ विकेट लिएका छन् भने २२६ एकदिवसीय खेलमा उनले ५.३५ को औसतमा ३३८ विकेट लिए । यसबाहेक, मालिंगाले ८१ अन्तर्राष्ट्रिय टि–२० खेलमा मलिंगाले ७.२७ को औसतमा १०६ विकेट लिएका छन् ।

३. शोएब मलिक

पूर्वं पाकिस्तानी कप्तान शोएब मलिक पनि २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट रिटायर हुन सक्छन् । उनी विश्वकपपछि एक दिवसीय क्रिकेटबाट सन्यास लिएका थिए । यो वर्षको टी–२० विश्वकप पछि उनी टी–२० क्रिकेटबाट अवकाश लिने सम्भावना रहेको बताइएको छ ।

शोएबको अन्तर्राष्ट्रिय करियरमा उनले ३५.१४ को औसतमा १८९८ रन बनाएका छन् । त्यस्तै गरी २८७ एक दिवसीय खेलमा ३४.५५ को औसतमा ७५३४ रन बनाए । मलिकले अहिलेसम्म १११ टी–२० खेलेका छन् जसमा ३०.५८ को औसतमा २२६३ रन बानएका छन् ।

उनले टेस्ट खेलमा ३२, एक दिवसीयमा १५८ र टी–२० खेलमा अहिलेसम्म २८ विकेट लिएका छन् ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया