ओमान

 जेठ १०, २०७५ बिहिबार १४:१४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

ओमान खाडी मुलुकहरुमध्येमा पहिलो स्वतन्त्र राज्य हो । खाडी क्षेत्रका परम्परागत देशहरूमा ओमान पनि पर्दछ । ओमान अरब प्रायद्विपको दक्षिण पूर्वी कुनामा खाडीको मुखमा अवस्थित छ । ओमान राजतन्त्रात्मक देश हो । राजधानी मस्कट हो । ओमानको पहिलो भाषा अरवि हो । अरु चलनचल्तीको भाषाहरु अंग्रेजी र उर्दु हुन । ओमानको मुद्रालाई ओमानी रियाल  भनिन्छ । एक ओमानी रियाल  बरावर झण्डै २ सय ७७ रुपैयाँ हुन्छ । यो विनिमय दर अमेरिकी डलरको भाउको उतारचढावसँगै तलमाथि हुने गर्छ ।  ओमानमा झण्डै १३ हजार नेपाली कार्यरत छन ।

ओमानमा इस्लाम धर्म मान्नेहरुको बाहुल्यता छ । गर्मी याममा धेरै गर्मी हुन्छ । जाडो याममा खासै जाडो हुँदैन । प्रवासी कामदारलाई कफला कानुन अन्तर्गत व्यवहार गरिने भएकाले उनीहरुको स्वतन्त्रता रोजगारदाताको निर्णयमा हुन्छ । कामका लागि रोजगारदातामै आश्रित हुनुपर्ने भएकाले स्पोन्सर प्रति कामदार बफादार हुनुपर्छ । काम बदल्न वा स्वदेश फिर्ता हुन रोजगारदाताको लिखित स्वीकृती चाहिन्छ । यसो नगरे कामदारलाई दुई वर्षको प्रतिबन्ध लाग्ने कानुनी व्यवस्था छ ।

ओमानमा हप्तामा ४५ घण्टा काम गर्नुपर्छ । र वर्षमा ३० दिन तलब सहितको विदा सुविधा प्रदान गर्दछ । यो सुविधा कम्पनी अनुसार फरक पर्न सक्छ । ओमान पुग्ने हरेक आप्रवासीले ३० दिन भित्र आधिकारिक निकायमा गएर आफ्नो दर्ता गराउनु अनिवार्य छ । ओमानमा नेपालको दूतावास मस्कटमा छ । कुनै समस्या परेमा मस्कट स्थित नेपाली दूतावासमा सम्पर्क गरे सल्लाह र सहयोग पाइन्छ ।

Embassy of Nepal
Shatti Al-Qurum
Villa 2563, Way 2834
Muscat, Sultanate of Oman
Tel: +96824696177
Fax: +96824696772
Email: [email protected]

ओमानमा रिता स्यामुयल नाम गरेकी भारतीय मूलकी ओमानी महिलाले आप्रवासी कामदारलाई सहयोग गर्दै आउनुभएको छ । उहाँले सन् १९९७ देखि यसरी ओमानमा दुःख भोगिरहेका आप्रवासी कामदारलाई आफ्नै संस्था रिता स्यामुयल काउन्सेलिङ सर्भिसेजबाट मद्दत गर्दै आउनुभएको छ । उहाँलाई तल दिइएको ठेगानामा सम्पर्क गर्न सकिन्छ ।

Rita Samuel Counseling Service

Tel: + 968-98884296

Fax: + 968-24535675

Email: [email protected]

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया